विज्ञापन

'काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन'

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभाले रमेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

विज्ञापन

विगत लामो समयदेखि विभिन्न कारणले अस्तव्यस्त रहेको बक्सिङ संघको अन्यौलतालाई चिर्दै काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीको प्रमुख आतिथ्यमा भएको छैटौं साधारणसभाले काठमाडौं जिल्ला बक्सिङ संघको नयाँ कार्यसमिति गठन गरेको हो ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटस्थित साझाघरमा सम्पन्न कार्यक्रममा प्रसिद्ध बक्सिङ खेलाडी तथा राखेप सहायक प्रशिक्षक दिपक महर्जन र महासंघका केन्द्रिय सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

काठमाडौं जिल्ला अन्तर्गत पुनर्गठित नयाँ कार्य समितिमा रमेश श्रेष्ठ अध्यक्ष चुनिएका छन् भने उपाध्यक्ष द्वयमा केशव रन्जित, कीरण सिंङ, महर्जन तथा सचिवमा राजकृष्ण महर्जन र कोषाध्यक्षमा सुनिता महर्जन चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा राजु श्रेष्ठ, कविन्द्र महर्जन, राजकुमार महर्जन, सुदिप महर्जन, राज कुमार महर्जन, अनिश वैद्य, विश्व महर्जन तथा सुरेन्द्र महर्जन सर्वसम्मत चयन भएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कुन-कुन क्षेत्रका राजनीतिक नियुक्ति लिएकाहरू पदमुक्त हुँदै ? (सूचिसाहित)

काठमाडौं शिक्षा क्याम्पसद्वारा आफ्नो ३५ औं स्थापना दिवस भव्यरूपमा सम्पन्न

थानकोटबाट हराईरहेका ११ वर्षीय समीर कडायत भेटियो

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर