विज्ञापन

'काठमाडौंका रुखमा अब झिलिमिली बत्ती राख्न नपाइने'

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका रुखहरूमा झिलिमिली बत्ती राख्न प्रतिबन्ध लगाएको छ । आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको महानगरपालिकाको ३७ औं कार्यपालिका बैठकले ‘लहरे बत्ती व्यवस्थापन कार्यविधि, २०८१’ स्वीकृत गरेको हो ।

विज्ञापन

कृत्रिम बत्तीले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने, सवारी सुरक्षामा जोखिम बढाउने र चराचुरुङ्गीको प्राकृतिक जीवनचक्रमा अवरोध पुर्‍याउने भएकाले यो कदम चालिएको कार्यविधिमा उल्लेख छ । साथै, यस्ता बत्तीहरूले पुरातात्त्विक र सांस्कृतिक सम्पदाको सौन्दर्यमा पनि नकारात्मक प्रभाव पर्ने सम्भावना रहेको महानगरको ठहर छ ।

विज्ञापन

बत्ती राख्नु परेको अवस्थामा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्ने महानगरले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन