विज्ञापन

'साइबर अपराधमा दुर्गा प्रसाइँविरुद्ध मुद्दा दायर, सात वर्ष कैद सजाय माग'

काठमाडौं  । दुर्गा प्रसाइँलाई काठमाडौं जिल्ला अदालतमा बुधबार साइबर अपराधमा बुधबार मुद्दा दर्ता गरिएको छ । प्रसाइँलाई सात वर्षसम्म कैद माग गरिएको सरकारी वकीलको कार्यालयले जनाएको छ । मुद्दामा विहीबार थुनछेक बहस हुने भएको छ ।

विज्ञापन

सरकारी वकील काठमाडौंले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को १,२ अन्तर्गत कसुर र सजाय माग गर्दै मुद्दा दर्ता भएको हो । उनलाई यसपटकको ५ वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको माग छ । किनकि यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भैसकेको छ । त्यसकारण पटकेमा सात वर्षसम्मको माग दाबी गरिएको हो । अदालतमा जिल्ला न्यायाधीवक्ता खगिन्द्रराज कटुवालले मुद्दा दर्ता गरेका हुन् ।

विज्ञापन

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानीबारे त्यहाँ रहेका एक नेपालीले नै भिडियो आफूलाई पठाएको सरकारी वकीललाई बयान दिएका छन् । उनले भिडियोमा बोलेको विषयलाई स्विकारेका छन् । प्रसाइँले जनतालाई जानकारी दिनका लागि भिडियो सार्वजनिक गरेको बयान दिएका हुन् ।

तीन वर्ष भन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुरदार हो वा भन्ने कसुरदार भएको विश्वासको तत्काल प्रमाण भएमा थुनामा राखेर कार्वाही गर्न पाउने कानुनी व्यवस्था पनि छ ।

उनलाई संगठित र आपराधिक लाभमा पनि अनुसन्धान भैरहेको सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ । संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ ।

मङ्सिर ४ मा पक्राउ परेका प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन