विज्ञापन

'जनकपुरधामका व्यापारीहरु आन्दोलित, सडक अवरुद्ध'

जनकपुर । जनकपुरधामका व्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले जनकपुरधामका मुख्य चोक जोड्ने सडकहरु अवरुद्ध समेत गरेका छन् ।

विज्ञापन

विहीबार सिद्धार्थ बैंक जनकपुरधामको मिल्स एरिया शाखा कार्यालयबाट एक जना व्यापारीले लिएको ऋणको रकम बुझाउन जाँदा धरौटीमा राखेको घर बैंकले बिना जानकारी लिलाम गरिदिएको थाहा पाएपछि हिजैदेखि जनकपुरधामका व्यापारीहरुले विरोध गर्दै आएका थिए ।

विज्ञापन

विहीबार नै सिद्धार्थ बैंकका मिल्स एरिया शाखाका म्यानेजर र लोन अधिकृतलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले नियन्त्रणमा लिएको थियो । तर उनीहरुलाई बेलुका प्रहरीले छाडेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

अहिले जनकपुरधामस्थित सिद्धार्थ बैंकको तीनवटै शाखा कार्यालयहरु अगाडि व्यापक प्रहरीको सुरक्षा रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौंकाे मसाज सेन्टरहरूमा प्रहरीको छापा, साढे २ सय बढी समातिए

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

काठमाडौं जिल्ला बक्सिङ संघको छैटौं साधारणसभा सम्पन्न, अध्यक्षमा रमेश श्रेष्ठ चयन