विज्ञापन

'बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्विप जारी'

काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप जारी गरेको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप जारी गरेको हो ।

विज्ञापन

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले यही साउन २७ गते मंगलबार विश्वास मत लिँदैछन् । त्यसअघि एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । गत साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेको हो ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

चन्द्रागिरि नगरपालिकाद्वारा संस्थागत विद्यालय छात्रवृत्तिका लागि फारम भर्न आव्हान

नागढुंगा सुरुङमार्गकाे भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा, साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी

आफ्नो घर तथा कार्यालयमा छापा मारेपछि के भन्छन् मुख्यमन्त्री बानियाँ ?

घुस लिएको आरोपमा एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउँने

रास्वपाले कसरी छान्दै छ स्थानीय उम्मेदवार ?

सुशीला कार्कीले नियुक्त गरेका क-कसकाे जागिर गयाे ?