काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा छापा मारिएको विषयमा आपत्ति जनाएका छन् ।
विज्ञापन
सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा–५ स्थित निवास र उनकै स्वामित्वमा रहेको बानियाँ निर्माण सेवाको विभिन्न स्थानमा रहेका कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको थियो ।
विज्ञापन
सोही घटनापछि मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
