काठमाडौं । चन्द्रागिरि नगरपालिकामा पाँचौं खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ आयोजना हुने भएको छ ।
उक्त प्रतियोगितामा अन्तर नगरपालिका अन्तर्गत चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुरका खेलाडीहरूले भाग लिन पाउने छन् । त्यस्तै, राष्ट्रव्यापी भेट्रान्स खुल्ला १०० प्लसमा भने नेपाल अधिराज्यभरका टप २० र्याकिंग बाहेकका खेलाडीहरुले भाग लिन पाउने छन् । साथै, चन्द्रागिरि नगरस्तरीय समुह “बी” मा भने चन्द्रागिरि नगरभित्र बसोबास गर्ने तर कुनै पनि प्रतियोगितामा विजयी नभएका खेलाडीहरूले मात्र भाग लिन पाउने छन् ।
चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा चन्द्रागिरि विकास मञ्चले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा अन्तर नगरपालिका अन्तर्गत प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार साथै तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।

त्यस्तै,राष्ट्रव्यापी खुल्ला भेट्रान्समा भने प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।
साथै, चन्द्रागिरि नगर स्तरीय “बी” समूहमा भने प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने दुई टोलीलाई ५, ५ हजार नगर पुरस्कार, ट्रफी, मेडल वितरण गरिने छ ।
पुष १० गतेदेखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि पुष ७ गते बेलुका ५ बजेसम्म नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
नियमहरु :
