काठमाडाैं । चुन्देवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिकाको वडा नं ४ स्थित कोतघरमा हुने उक्त स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, युरिया, थाइराइड, कोल्स्टोर लगायत विभिन्न स्वास्थ्य सम्बन्धि विषयमा चेकजाँच गरिन लागेको हो ।
विज्ञापन
सो स्वास्थ्य शिविरमा निःशुल्क डाक्टरी परामर्श साथै अन्य रगत परिक्षणमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको चुन्देवी सहकारी संस्थाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिएका छन् ।
कार्यक्रम भोलि चैत्र २० गते, शुक्रबार थानकोट, कोतघरमा बिहान ७:३० बजेदेखि ११: बजेसम्म सञ्चालन हुने बताइएको छ ।