विज्ञापन
No data was found

'गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड भण्डारी नियुक्त'

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष गोविन्द भण्डारी (अखण्ड)लाई नियुक्त गरेको छ।

विज्ञापन
आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई संस्थानको अध्यक्षमा नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए।

यस्ता छन् अरु मन्त्रिपरिषद् निर्णय

विज्ञापन
१.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ ।

२. वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय भएको छ ।

३. २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

४. मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ।

६ २०८२ माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय