विज्ञापन
No data was found

'प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि चन्द्रागिरिकाे कुर्दन फुटबल एकेडेमीलाई'

काठमाडाैं । माघ २ गते सम्पन्न चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि चन्द्रागिरि नगरपालिकाको कुर्दन फुटबल एकेडेमीले जितेको छ ।

विज्ञापन

थाहा नगरपालिकाको वडा नं ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम “चित्लाङ गोल्डकप नाइन ए साइड” फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिकाको कुर्दन फुटबल एकेडेमी” जितेको छ ।

विज्ञापन

खेलकुद मार्फत चित्लाङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चित्लाङ खेलकुद विकास समितिको आयोजना तथा थाहा नगरपालिका वडा नं ९ को सहकार्यमा आयोजना गरिएको चित्लाङ गोल्डकपको फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाँडाबास फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलमा कुर्दन एकेडेमीका जर्सी नम्बर १६ का आयुष्मान श्रेष्ठले निर्णायक गोल गर्दै टोलीलाई विजय दिलाएका थिए । उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमीले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता डाँडाबास फुटबल क्लबले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कुर्दन फुटबल एकेडेमीका रोहित थापा उत्कृष्ट खेलाडी घोषित भएका थिए भने अंकित खड्गी उत्कृष्ट गोलरक्षक बन्न सफल भएका छन् । त्यस्तै, शिखर क्लबका विवेक थोकर र कुर्दन एकेडेमीका सन्देश श्रेष्ठ संयुक्त रूपमा उत्कृष्ट गोलकर्ता घोषित भएका छन् ।

विजेता, उपविजेता तथा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई प्रमुख अतिथि थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीद्वारा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

चित्लाङ खेलकुद विकास समितिका अध्यक्ष अमर सिंह ठकुरीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण तथा समापन कार्यक्रममा थाहा नगरपालिका वडा नं ९ का वडाध्यक्ष राजकुमार बलामी, वडा नं ७ का अध्यक्ष शिवराज थिङ, निर्माण व्यवसायी जयराम लामिछाने, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयबासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय