विज्ञापन
No data was found

'चन्द्रागिरिको चेकपोस्ट, प्रभात माविमा प्रेसर कुकर पड्कियो ३ जना घाइते'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ७ चेकपोस्टस्थित प्रभात माध्यमिक विद्यालयमा प्रेसर कुकर पड्किएर ३ जना घाइते भएका छन् ।

विज्ञापन

प्रहरी वृत्त थानकोटले दिएको जानकारी अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिवा खाजा बनाउने क्रममा प्रेसर कुकर अचानक पड्किंदा आशा श्रेष्ठ, सुनिता श्रेष्ठ र सावित्री ढकाल घाइते भएका हुन् ।

विज्ञापन

घाइतेहरू मध्ये सावित्री ढकाल र सुनिता श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ भने अर्का घाइते आशा श्रेष्ठको सतुंगलस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूका अनुसार प्रेसर कुकरमा बढी बाफ जमेको कारण विष्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।

स्कुल हाताभित्र घटेको यस घटनाले ग्याँस सिलिन्डर, चुलो र प्रेसर कुकर जस्ता संवेदनशील विषयमा थप सजग र सतर्क हुनुपर्ने देखाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय