विज्ञापन
No data was found

'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा'

काठमाडौं । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आगामी फागुन १ गते विभिन्न राजनीतिक दल तथा समूहहरूले विमानस्थल केन्द्रित विरोध प्रदर्शनको तयारी गरेपछि प्रशासनले सुरक्षा चुनौतीलाई ध्यान दिँदै यस्तो कदम चालेको हो ।

विज्ञापन

बिहीबारदेखि लागू हुने गरी जारी गरिएको यो आदेश आगामी एक महिनासम्म कायम रहनेछ । निषेधाज्ञा लागू भएसँगै अब विमानस्थल क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कुनै पनि विरोधका कार्यक्रम गर्न पाइने छैन ।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट) देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन, पार्किङ स्थल र परिसरभित्रका सम्पूर्ण सडक खण्डहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय