विज्ञापन
No data was found

'बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध'

काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा अनुमति बिना प्रवेश निषेध गरिएको छ ।

विज्ञापन

दैनिक २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको उक्त फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला, कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको निर्वाध प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहोरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारी साधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले फागुन ८ गतेदेखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

विज्ञापन

उक्त ल्यान्डफिल साइट स्थलमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर