काठमाडाैं । आजदेखि देशभरिका सरकारी कार्यालय बिहान ९ बजेदेखि खुल्ने भएका छन् ।
विज्ञापन
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा अन्य बार सरकारी कार्यालय खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्णय गरेको थियो ।
विज्ञापन
सरकारले पेट्रोलियम पदार्थ आपूर्तीमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको हो ।