विज्ञापन
No data was found

'स्थानीय तहमा प्रशासकीय अधिकृतलगायत कर्मचारी समयमै हाजिर नभए कार्वाही गरिने'

काठमाडाैं । स्थानीय तहका प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू कार्यालय समयमा हाजिर भइ कार्य नगरेको पाइए कार्वाहीको दायरामा आउने भएका छन् ।

विज्ञापन

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थिति नभएको तथा कामकाजका लागि खटाइएका कर्मचारीहरू समयमै कार्यालयमा हाजिर नभएका कारण सेवा प्रवाहमा गम्भीर असर परेको साथै त्यस विषयमा व्यापक जन गुनासाहरू आइरहेको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरू कार्यालयमा नियमित उपस्थित भई कामकाज नगरे उनिहरू उपर सख्त कार्वाही गरिने जनाएको हो ।

विज्ञापन

त्यस्तै, हाजिर भई नसकेका कर्मचारीहरूलाई यथाशीघ्र सम्बन्धित स्थानीय तहमा हाजिर हुन तथा निर्णय बमोजिम रमाना भई नगएमा र स्थानीय तहको सेवा प्रवाह प्रभावित भएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने समेत मन्त्रालयले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

धैरेनी डाँडा सफाइ अभियानमा स्थानीय सरकारको भूमिका गौण, समस्या जस्ताको तस्तै

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर