विज्ञापन
No data was found

'चन्द्रागिरि विकास मञ्चद्वारा दोस्रो हाईकिङ्ग कार्यक्रमको आयोजना हुँदै'

काठमाडाैं । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ चन्द्रागिरि विकास मञ्चले दोस्रो हाईकिङ्ग कार्यक्रम आयोजना गर्ने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चन्द्रागिरि नगरपालिका वडा नं ७ को पाटीधारा-महांकाल भैरवको मन्दिर हुँदै राम लक्ष्मणले घुँडा धसेकाे ठाउँ, भालेश्वर मन्दिर, चन्द्रागिरिको भान्ज्याङ्ग,पानीघाट हुँदै पाटीधारासम्म पदयात्रा (हाईकिङ्ग) गरिन लागेको चन्द्रागिरि विकास मञ्चकी उपाध्यक्ष निर्मला महतले जानकारी दिइकि छिन् ।

विज्ञापन

चन्द्रागिरि ७ मा रहेको महांकाल भैरव मन्दिर, राम लक्ष्मणले घुँडा धसेको ठाउँ, भालेश्वर मन्दिरको बारेमा जानकारी मूलक धार्मिक, सांस्कृतिक र ऐतिहासिक ठाउँहरुको अवलोकन गर्न आयोजना गरिएको हाईकिङ्ग कार्यक्रममा सम्पूर्ण चन्द्रागिरि नगरवासीलाई कार्यक्रममा सहभागी हुन मञ्चका अध्यक्ष प्रेम महर्जनले अनुरोध समेत गरेका छन् ।

२०८२ साल चैत २८ गते शनिबार बिहान ७ बजेदेखि चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित ब्राइट एन्जेल्स स्कुलसँगैको पाटीधाराबाट सुरु हुने उक्त हाइकिङ्ग कार्यक्रममा सहभागीहरुलाई बिहानको नास्ता, दिउँसोको खानाको साथै टि-सर्टको पनि व्यवस्था गरिएको समितिको कोषाध्यक्ष सानु श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रम २०८२ साल चैत २८ गते शनिबार बिहान ७ बजेदेखि चन्द्रागिरि नगरपालिका वडा नं ७ स्थित ब्राइट एन्जेल्स स्कुलसँगैको पाटीधाराबाट सुरु हुने जनाइएको छ ।

२०७० सालमै गठन भएको र २०७४ सालमा आधिकारिक रूपमा दर्ता गरिएको चन्द्रागिरि विकास मञ्चका संस्थापक अध्यक्ष राजु श्रेष्ठ हुन भने हालका अध्यक्षमा प्रेम महर्जन रहेका छन् । यस संंस्थाले २०७५ सालमा पहिलो हाईकिङ्ग चन्द्रागिरि १४ स्थित फुटबल ग्राउण्डदेखि ईन्द्रदह. कालुपाण्डेको समाधी हुँदै मसिनेसम्म आयोजना गरेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आज काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुँदै

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय