विज्ञापन
No data was found

'राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहजनक : पूर्वराजा ज्ञानेन्द्र शाह'

प्यारा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु,

विज्ञापन

हामी नयाँ वर्ष दुई हजार त्रियासीमा आइपुगेका छौं । नव वर्षारम्भको यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना ।

विज्ञापन

समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटीलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्य तर्पm लम्कनु पर्दछ । तब नै नयाँ वर्षको नवागत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हे¥यौं तर त्यो कोरा परिवर्तन मात्र भयो ।

दल दलको खल्बलमा त हामी धेरै दगु¥यौं तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी प¥यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो । विधी, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।

राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ ।

आज हाम्रो देश चौतर्पिm समस्याको चांगमा छ । यो बेला नेपाली जनताका आशा अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।
आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति दिन सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीडा प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ ।

आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिने तर्पm राज्यको गहिरो ध्यान पुग्नु पर्ने देखिन्छ । आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक, भौतिक तथा जीवन यापनको
मामिलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् ।

हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भताबाट र स्वाधिन भएर पराधीनताबाट देशलाई जोगाउनु छ । देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्य तर्पm अब हाम्रो पाइला अघि बढ्नु पर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं ।

परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन । जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित
बनौं ।

नेपाल शान्तिको भूमी बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचित एवं प्रतिष्ठित बनोस् । सबै सबै नेपालीले न्याय, शान्ति र सुख पाउन् । यही हाम्रो सदिच्छा हो ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

चन्द्रागिरिमा राष्ट्रिय स्वतन्त्र पार्टीले “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” गर्दै

स्थानीय तह पुनर्संरचनाका लागि नयाँ मापदण्डको प्रारम्भिक मस्यौदा तयार

वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव, चन्द्रागिरि नगरले के गर्दैछ ?

काठमाडाैंकाे असन क्षेत्र अबदेखि हरेक शनिबार ‘भेहिकल फ्री जोन’

‘तीनजुरे-मिल्के, गुफा-पाथीभरा क्षेत्र प्रकृतिको सुन्दर उपहार

आज मातातीर्थ औंसी : आमाको मुख हेर्ने पर्व मनाइँदै