विज्ञापन

'अखाद्य वस्तु भेटिएपछि बागमती स्विट्सको उत्पादन रोक्न निर्देशन'

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रालिको अनुगमनपछि उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ ।

विज्ञापन

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनबमोजिम राेक लगाइएकाे हाे ।

विज्ञापन

गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा सो कम्पनीबाट खाजा उपलब्ध गराइएको थियो । खाजामा अखाद्य वस्तु भेटिएको गुनासो आएपश्चात् मन्त्री चौधरीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुगमन गर्न निर्देशन दिएका थिए ।

उक्त निर्देशनअनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको भन्दै प्रचलित कानुनअनुसार उत्पादन रोकेर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई