मेयर बालेनद्वारा अन्तरिम सरकार गठनमा सुशीला कार्कीलाई समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत देशको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले जेन–जी पुस्ता र सम्पूर्ण नेपालीहरूप्रति सम्बोधन गर्दै धैर्य र एकताको आवश्यकता औँल्याएका छन्। बालेनले देश अन्तरिम सरकारतर्फ अघि बढिरहेको उल्लेख गर्दै यसको मुख्य काम नयाँ चुनाव गराउनु र जनताबाट नयाँ जनादेश […]

जेन-जीको भर्चुअल मिटिङ जारी, अन्तरिम सरकार प्रमुखको रूपमा सुशीला कार्कीको नाम अग्रपंक्तिमा

जेन-जीको भर्चुअल मिटिङमा नेपालको हालको परिस्थितिमा गठन गरिने अन्तरिम सरकार प्रमुखका रूपमा सुशीला कार्कीको नाम अग्रपंक्तिमा देखिएको छ। जेन-जीका विभिन्न समूह अन्तर्गत ७७ जिल्लाका करिब ४ हजार प्रतिनिधिहरूले सहभागिता जनाइरहेको भर्चुअल मिटिङमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सरकार प्रमुखका रूपमा पहिलो प्राथमिकतामा राखेर छलफल भइरहेको हो। जेन-जी आन्दोलनले सिर्जना गरेको पछिल्लो अवस्था र आगामी सरकार […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि पूर्ण रूपमा सुचारु भएको छ । जेनजी आन्दोलनको विमानस्थल बन्द गरिएको थियो । आन्दोलनका कारण विमानस्थलको सुरक्षा व्यवस्था प्रभावित भएको र यात्रुहरूको आवागमनमा असहजता आएको थियो । विमानस्थल प्रशासनले सबै विमान उडान र अवतरण प्रक्रिया सामान्य अवस्थामा फर्काउने जानकारी दिएको छ ।

धादिङ कारागारभित्र आगजनी, सुरक्षाकर्मीले गोली चलाउँदा एक कैदीबन्दीको मृत्यु

काठमाडौं ।  धादिङ कारागारमा आगजनी गरिएको छ । कैदी बन्दीहरूले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका छन् । कारागारभित्र सुरुमा आगो लगाउने र त्यसपछि भाग्ने कोसिस भएपछि प्रहरी र नेपाली सेनाले बल प्रयोग गरेको छ । कारागार नै तोडफोड गरी भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली चलेपछि ८ कैदी […]

को हुन् जेन–जीका आधिकारिक प्रतिनिधि ? साढे ३ बजे पत्रकार सम्मेलन

जेन-जीले बुधबार अपराह्न ३ : ३० बजे अनलाइन पत्रकार सम्मेलन गर्ने भएका छन् । उनीहरूले आन्दोलनका आधिकारिक प्रतिनिधिहरूबारे मिडियामा फरक–फरक नामहरू आइरहेकोमा पनि आश्चर्य व्यक्त गरेका छन् । पत्रकार सम्मेलनबाट सबै विषय प्रस्ट पारिने उनीहरूको भनाइ छ । जेन–जी आन्दोलनको नेतृत्वकर्ता रहेको दाबी विभिन्न व्यक्तिहरूले गरिरहेका छन् ।

सैनिक सुरक्षाजाँचमा कडाइ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं।नेपाली सेनाले काठमाडौंसहितका मुख्य सहरमा कडा सुरक्षाजाँच थालेको छ भने अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। जेनजीको नाममा देशैभर लुटपाट बढेपछि सेनाले काठमाडौंका मुख्य चोकमा सुरक्षाजाँच कडा पारेको हो। जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गए राती १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो। सेनाले अवस्थाको मूल्यांकन गरी अत्यावश्यक […]

प्रदर्शनरत युवा र सेनाबिच वार्ता आज : नागरिक सरकार र संसद् विघटनको एजेन्डा

प्रदर्शनकारी युवा  र नेपाली सेनाबिच आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा औपचारिक वार्ता हुँदैछ। मंगलबार राति प्रदर्शनरत युवा प्रतिनिधिहरू र प्रधानसेनापति अशोकराज सिग्देलबिच अनौपचारिक छलफल भएको थियो। वार्तामा नागरिक सरकार गठन, संसद् विघटन र नयाँ चुनावलगायतका विषयमा छलफल हुनेछ। प्रदर्शनरत युवाले राजनीतिक दलहरूलाई सत्ताबाट हटाएर नागरिक सरकारको माग गर्दै आएका छन्। काठमाडौंका मेयर बालेन शाहले संसद् […]

शासकको अहंकारले खरानी बन्यो राष्ट्र

सामुदायिक सुरक्षामा जुटौं नेपाल अहिले इतिहासकै भयावह मोडमा आइपुगेको छ। दुई दिनयता भदौ २३ र २४ मा घटेका घटनाले केवल राजनीतिक सत्ता मात्र होइन, सम्पूर्ण शासकीय संरचना नै खरानीमा परिणत भएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकादेखि लिएर संवैधानिक अंग, संसद्, सिंहदरबार, शीतल निवास जस्ता प्रतीकात्मक भवनहरु जलेर ध्वस्त हुनु भनेको केवल इटा-पर्खालको नाश मात्र होइन, […]