विज्ञापन
No data was found

'सैनिक सुरक्षाजाँचमा कडाइ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह'

काठमाडौं।नेपाली सेनाले काठमाडौंसहितका मुख्य सहरमा कडा सुरक्षाजाँच थालेको छ भने अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ।

विज्ञापन

जेनजीको नाममा देशैभर लुटपाट बढेपछि सेनाले काठमाडौंका मुख्य चोकमा सुरक्षाजाँच कडा पारेको हो।

विज्ञापन

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति र सम्भावित उच्छृंखल गतिविधिलाई रोक्न गए राती १० बजेदेखि नै सुरक्षा निकायलाई सडकमा उतारिएको हो।

सेनाले अवस्थाको मूल्यांकन गरी अत्यावश्यक काम परेकालाई मात्र जान दिइरहेको छ भने अन्यलाई घर फर्काइरहेको छ।

सेनाले अत्यावश्यक सेवामा संलग्न व्यक्तिलाई भने परिचयपत्र र सोधपुछका आधारमा आवतजावत गर्न छुट दिएको छ। बिनाकारण घर वा गल्लीबाहिर निस्किएका सर्वसाधारणलाई सम्झाइ–बुझाई घर फर्काइएको छ।

प्रदर्शनका क्रममा आगजनी गरिएको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन क्षेत्रमा सेनाले सर्वसाधारणको प्रवेशमा रोक लगाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌