विज्ञापन
No data was found

'जेन-जीको भर्चुअल मिटिङ जारी, अन्तरिम सरकार प्रमुखको रूपमा सुशीला कार्कीको नाम अग्रपंक्तिमा'

जेन-जीको भर्चुअल मिटिङमा नेपालको हालको परिस्थितिमा गठन गरिने अन्तरिम सरकार प्रमुखका रूपमा सुशीला कार्कीको नाम अग्रपंक्तिमा देखिएको छ।

विज्ञापन

जेन-जीका विभिन्न समूह अन्तर्गत ७७ जिल्लाका करिब ४ हजार प्रतिनिधिहरूले सहभागिता जनाइरहेको भर्चुअल मिटिङमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सरकार प्रमुखका रूपमा पहिलो प्राथमिकतामा राखेर छलफल भइरहेको हो।

विज्ञापन

जेन-जी आन्दोलनले सिर्जना गरेको पछिल्लो अवस्था र आगामी सरकार निर्माणको सन्दर्भमा हजारौँ युवाहरूले विभिन्न विधा र क्षेत्रका व्यक्तिहरूको नाम अगाडि सार्ने क्रममा सुशीला कार्कीको नाम प्राथमिकताका साथ छलफलमा प्रवेश गरिएको हो।

जेन-जीको मिटिङमा विभिन्न कोणबाट छलफल गर्ने क्रममा बालेन शाह, सुशीला कार्की, सागर ढकाल लगायतका नाम छलफलमा आएका भए पनि बालेन शाह सम्पर्कमा नआएको, सागर ढकाल राजधानी बाहिर रहेको अवस्थाले गर्दा सुशीला कार्की उपयुक्त पात्र हुन सक्ने विषयमा अधिकांश युवाहरूले भर्चुअल मिटिङमार्फत छलफल गरिरहेका छन्।

हाल नेपालको संक्रमणकालीन जटिल अवस्थामा छिटो निर्णय गर्नुपर्ने परिस्थिति रहेको, अन्यथा सेनाले सत्ता हातमा लिएमा थप असहज अवस्था सिर्जना हुन सक्ने जेन-जीको मिटिङको अन्तर्य रहेको बुझिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌