विज्ञापन
No data was found

'मेयर बालेनद्वारा अन्तरिम सरकार गठनमा सुशीला कार्कीलाई समर्थन'

विज्ञापन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत देशको पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले जेन–जी पुस्ता र सम्पूर्ण नेपालीहरूप्रति सम्बोधन गर्दै धैर्य र एकताको आवश्यकता औँल्याएका छन्।

विज्ञापन

बालेनले देश अन्तरिम सरकारतर्फ अघि बढिरहेको उल्लेख गर्दै यसको मुख्य काम नयाँ चुनाव गराउनु र जनताबाट नयाँ जनादेश प्राप्त गर्नु हो भनेका छन् । उनले उक्त सरकारको नेतृत्वका लागि जेन–जी पुस्ताबाट आएको प्रस्तावअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ण समर्थन रहने स्पष्ट पारेका छन्।

“तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु,” मेयर साहले आफ्नो स्टाटसमा भनेका छन्, “यसले तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा जनाउँछ।”

त्यस्तै, उनले नेतृत्व लिन हतार गर्ने केही व्यक्तिहरूलाई संयमित हुन आग्रह गर्दै जोश, सोच र इमानदारी देशलाई अस्थायी रूपमा होइन, स्थायी रूपमा चाहिने बताए। “चुनाव त हुन्छ नै, कृपया हतार नगर्नु होला,” उनले लेखेका छन्।¥

राष्ट्रपतिलाई सम्बोधन गर्दै उनले जेन–जी पुस्ताले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌