काठमाडौं । धादिङ कारागारमा आगजनी गरिएको छ । कैदी बन्दीहरूले कारागारमा आगजनी गरी भाग्ने प्रयास गरेका छन् ।
विज्ञापन
कारागारभित्र सुरुमा आगो लगाउने र त्यसपछि भाग्ने कोसिस भएपछि प्रहरी र नेपाली सेनाले बल प्रयोग गरेको छ । कारागार नै तोडफोड गरी भाग्न खोजेका कैदी बन्दीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गोली चलेपछि ८ कैदी बन्दी घाइते भएका छन् । घाइतेमध्ये एक कैदी बन्दीको मृत्यु भएको बुझिएको छ ।
विज्ञापन