तराईमा उच्च वर्षा, सबैभन्दा बढी रौतहटमा २८९ मिलिमिटर मापन

काठमाडाैं । देशका विभिन्न स्थानमा मनसुनी वर्षा तीव्र बनेको छ। विशेषगरी तराईको रौतहटको महेशपुरमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २८९ मिलिमिटर वर्षा मापन गरिएको छ । तराई क्षेत्रमा तुलनात्मक रूपमा हालसम्म बढी पानी परेको जस अनुसार रौतहटकै गौरमा २५९, वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको मौसम विभागका तथ्याङ्कले देखाएको छ । […]

काठमाडौं महानगरपालिकाले ७० विद्यालयमा बाढी प्रभावितलाई आश्रय दिने, चन्द्रागिरि नगरले के गर्दै छ ?

काठमाडाैं । काठमाडौं महानगरपालिकाले निरन्तर वर्षाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा स्थान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाले खोला छेउछाउमा रहेका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकका पायकपर्ने विद्यालयहरूमा स्थानान्तरण गर्नेगरि सूचीसहित सूचना जारी गरेको हो । महानगरपालिकाको विपद् व्यवस्थापन विभागले दिएको जानकारी अनुसार बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर थली, बानेश्वर, कोटेश्वर […]

चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापन संयन्त्र, “त्रिपाल र केही थान लाइफ ज्याकेटको भरमा”

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापनको संयन्त्र त्रिपाल र केहि थान लाइफ ज्याकेटको भरमा विपद् व्यवस्थापनका लागि तम्तयार भएर बसेको छ । असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने मौसम विभागले आंकलन गरेको र सोहि अनुसार हिजोदेखि परिरहेको पानीले निम्त्याउन सक्ने जोखिम न्यूनीकरण, रोकथाम र व्यवस्थापनमा सबै राज्यका अंगहरू सकृय रहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको […]

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं । आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बीपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि […]

भारी वर्षाका कारण कान्ति लोकपथमा सवारी सञ्चालन रोक

काठमाडौं । भारी वर्षाका कारण कान्ति लोकपथमा सवारी सञ्चालन रोक लगाइएकाे छ । लगातारको वर्षाले जनधनको जोखिम बढेपछि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हाे । ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोक लगाइएको जनाइएको छ । हाल उच्च मात्रामा वर्षा […]

काठमाडौं उपत्यकामा तीन दिनका लागि सवारी आवतजावत बन्द

काठमाडौं। काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान जारी विज्ञप्तिमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज १८, १९ र २० गतेसम्म उपत्यकासँग जोडिएका सबै राजमार्गमार्फत हुने लामो दूरीका सवारीसाधनको सञ्चालन रोकिएको उल्लेख छ। प्राधिकरणले यातायात व्यवसायी, सर्वसाधारण तथा सम्बन्धित […]

प्रहरीले माइकिङ गरेपछि नागढुंगाबाट काठमाडौं फर्किए गाडीहरु लामो दूरीको सवारी साधनमा रोक

काठमाडौं । प्रहरीले माइकिङ गरेपछि काठमाडौंबाट बाहिरिन लागेका लामो र छोटो दूरीका सवारी साधन नागढुंगा चेकपोष्टबाट फर्केका छन् । प्रहरीले बिहान माइकिङ गरेर धादिङतर्फ पहिरो खसेकाले उक्त पहिरो तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न माइकिङ गरेर सवारी चालकहरुलाई आग्रह गरेको थियो । त्यसपछि काठमाडौं उपत्यकाबाट नागढुंगा चेकपोस्ट पुगेका सवारी साधनहरु काठमाडौं फर्कन थालेका […]

काठमाडौंमा दिनभरि वर्षा हुने, चन्द्रागिरि नगरपालिकामा पछिल्लो एक घन्टामा ६.८ मिलिमिटर वर्षा

काठमाडौं उपत्यकासहित बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले अविरल वर्षा भइरहेको छ। काठमाडौंमा त शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ। काठमाडौंमा अहिले मध्यम वर्षा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चन्द्रागिरि नगरपालिकामा पछिल्लो एक घन्टामा ६.८, ललितपुरको टीकाथलीमा ५.८, काठमाडौंको पानीपोखरीमा ५.२, कपनमा ५.२, भक्तपुरको ताथलीमा ५.८ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा […]