काठमाडाैं । काठमाडौं महानगरपालिकाले निरन्तर वर्षाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा स्थान्तरण गरेको छ ।
काठमाडौं महानगरपालिकाले खोला छेउछाउमा रहेका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकका पायकपर्ने विद्यालयहरूमा स्थानान्तरण गर्नेगरि सूचीसहित सूचना जारी गरेको हो ।
महानगरपालिकाको विपद् व्यवस्थापन विभागले दिएको जानकारी अनुसार बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी बाढी प्रभावितहरूलाई सार्न विद्यालयहरू पहिचान गरिएको जनाएको छ ।
विपद्को अवस्थामा बाढी प्रभावित बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले महानगरभित्रका ७० विद्यालयहरूलाई शौचालय, खानेपानी लगायत आधारभूत सेवासहित सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न महानगरद्वारा निर्देशन दिइएको हो ।
चन्द्रागिरि नगरपालिकाले निरन्तर वर्षाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा स्थान्तरण गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।