विज्ञापन

'काठमाडौं महानगरपालिकाले ७० विद्यालयमा बाढी प्रभावितलाई आश्रय दिने, चन्द्रागिरि नगरले के गर्दै छ ?'

काठमाडाैं । काठमाडौं महानगरपालिकाले निरन्तर वर्षाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा स्थान्तरण गरेको छ ।

विज्ञापन

काठमाडौं महानगरपालिकाले खोला छेउछाउमा रहेका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकका पायकपर्ने विद्यालयहरूमा स्थानान्तरण गर्नेगरि सूचीसहित सूचना जारी गरेको हो ।

विज्ञापन

महानगरपालिकाको विपद् व्यवस्थापन विभागले दिएको जानकारी अनुसार बागमती, विष्णुमती लगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखेर थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी बाढी प्रभावितहरूलाई सार्न विद्यालयहरू पहिचान गरिएको जनाएको छ ।

विपद्को अवस्थामा बाढी प्रभावित बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले महानगरभित्रका ७० विद्यालयहरूलाई शौचालय, खानेपानी लगायत आधारभूत सेवासहित सुरक्षित स्थान तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न महानगरद्वारा निर्देशन दिइएको हो ।

चन्द्रागिरि नगरपालिकाले निरन्तर वर्षाका कारण जोखिममा परेका बस्तीलाई सुरक्षित विद्यालयहरूमा स्थान्तरण गर्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता