काठमाडौं । भारी वर्षाका कारण कान्ति लोकपथमा सवारी सञ्चालन रोक लगाइएकाे छ । लगातारको वर्षाले जनधनको जोखिम बढेपछि कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको हाे ।
विज्ञापन
ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोक लगाइएको जनाइएको छ ।
हाल उच्च मात्रामा वर्षा भइरहेको र सडकमा पहिरो तथा अन्य जोखिम बढेको कारण सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको प्रजिअ घिमिरेले बताए । उनले यात्रु र स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
विज्ञापन