विज्ञापन

'काठमाडौं उपत्यकामा तीन दिनका लागि सवारी आवतजावत बन्द'

काठमाडौं। काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

विज्ञापन
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान जारी विज्ञप्तिमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज १८, १९ र २० गतेसम्म उपत्यकासँग जोडिएका सबै राजमार्गमार्फत हुने लामो दूरीका सवारीसाधनको सञ्चालन रोकिएको उल्लेख छ।
प्राधिकरणले यातायात व्यवसायी, सर्वसाधारण तथा सम्बन्धित निकायलाई अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सवारी सञ्चालन रोकथाम तथा निरन्तर अनुगमनमा खटिन निर्देशन दिइएको छ।

हाल कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी असोज २० गतेसम्म वर्षा जारी रहने सम्भावना रहेको छ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता