विज्ञापन
No data was found

'चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापन संयन्त्र, “त्रिपाल र केही थान लाइफ ज्याकेटको भरमा”'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापनको संयन्त्र त्रिपाल र केहि थान लाइफ ज्याकेटको भरमा विपद् व्यवस्थापनका लागि तम्तयार भएर बसेको छ ।

विज्ञापन

असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने मौसम विभागले आंकलन गरेको र सोहि अनुसार हिजोदेखि परिरहेको पानीले निम्त्याउन सक्ने जोखिम न्यूनीकरण, रोकथाम र व्यवस्थापनमा सबै राज्यका अंगहरू सकृय रहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको विपद् व्यवस्थापनको संयन्त्र भने त्रिपाल र केहि थान लाइफ ज्याकेटको भरमा बस्नु कतिको जायज हुन्छ ?

विज्ञापन

वस्तुतः चन्द्रागिरि नगरपालिकाको भौगोलिक अवस्थति वर्षायाममा जोखिमपूर्ण नै मानिन्छ । त्यसमा पनि वडा नं १,२ र १३ बाढी तथा पहिरोका दृष्टिले अति जोखिमयुक्त क्षेत्रको रूपमा चिनिन्छ ।

विगतका उदाहरण र क्षतिहरूको अनुपातको मूल्यांकन गर्दा स्वाभाविक रूपमा वडा नं १, २ र १३ का दहचोक, बसन्डोल, मसिने, झ्याप्लेखोला, झाङ्गाझिटी, नागढुङ्गा, कंकाली, पुरानो नैकाप, किटिनी भान्ज्याङ्ग लगायत विभिन्न स्थानहरू भूस्खलन तथा बाढीको खतरा रहेको स्थानको रूपमा चिनिन्छ । अझ सुरुङ्ग मार्गसँग जोडिएका बस्ती र जमिन थप जोखिमपूर्ण र मानवीय क्षति हुनसक्ने स्थानका रूपमा रहेका छन् ।

राज्यको विद्यमान तीन तह मध्येको सबैभन्दा संवेदनशिल एवं मिहिन जिम्मेवारी निर्वाह गर्नुपर्ने निकाएको रूपमा रहेको स्थानीय पालिकाभित्रको संयन्त्रले आफूलाई हरदम जुनसुकै स्थानीयस्तरको विपद्, प्रकोप वा भवितव्यका लागि तयार राख्दै आवश्यक उपकरण, जनशक्ति लगायत विषयमा चनाखो हुनुपर्नेमा केहि स्वयंसेवक, त्रिपाल र लाइफ ज्याकेटको भरमा कसरी आपतकालीन समस्याहरूको सामना गर्न सक्ला ? विज्ञहरूले प्रश्न उठाएका छन् ।

चन्द्रागिरि नगरपालिका अन्तर्गतको वातावरण विपद् शाखाको कर्मचारीले एक स्थानीय सञ्चार माध्यमसँग विपद् व्यवस्थापन तथा पूर्वतयारीकाबारे कुरा गर्दै नगर मातहत १६ थान लाइफ ज्याकेट रहेको, सम्भावित जोखिमयुक्त वडाहरूमा “त्रिपाल” वितरण गरिसकिएको अभिव्यक्ति दिएका छन् । उसो त पर्याप्त उपकरण, जनशक्ति र पूर्वतयारीको अभाव देखिएपनि नगरका जनप्रतिनिधि र सम्बन्धित कर्मचारीहरू सकृय भने रहेको पाइएको छ ।

साथै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल खेलिरहेको भूमिका अत्यन्त प्रसंशनिय देखिएको छ । विगतमा झैं बढी मानवीय क्षति हुन नदिन सुरक्षा निकायहरूले विज्ञप्ति, माइकिङ, स्थलगत गस्ती, आवश्यक उद्दार तथा सडकहरूको सम्भावित जोखिम अध्ययन गरेर प्रमुख सडक नाकाहरूमा अपनाइरहेको सुरक्षा रणनीति प्रभावकारी साबित भइरहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ गते सभा गर्ने

करदाता सेवा कार्यालय खारेज, अब पान नम्बर स्थानीय तहबाटै लिन सकिने

घनश्याम, रामकुमारीसहित ६ नेतालाई पार्टी सदस्य नरहने गरी कारबाही

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

चन्द्रागिरि केबलकार कात्तिक २२ गतेदेखि पुन; सञ्चालन हुँदै

प्रदेश मन्त्री सुरेश श्रेष्ठले भेटे पूर्वमन्त्री रमा आलेमगरलाई

प्रहरी कार्यालय तोडफोड आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका ८ जना आफै उपस्थित