विज्ञापन

'प्रहरीले माइकिङ गरेपछि नागढुंगाबाट काठमाडौं फर्किए गाडीहरु लामो दूरीको सवारी साधनमा रोक'

काठमाडौं । प्रहरीले माइकिङ गरेपछि काठमाडौंबाट बाहिरिन लागेका लामो र छोटो दूरीका सवारी साधन नागढुंगा चेकपोष्टबाट फर्केका छन् ।

विज्ञापन

प्रहरीले बिहान माइकिङ गरेर धादिङतर्फ पहिरो खसेकाले उक्त पहिरो तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न माइकिङ गरेर सवारी चालकहरुलाई आग्रह गरेको थियो । त्यसपछि काठमाडौं उपत्यकाबाट नागढुंगा चेकपोस्ट पुगेका सवारी साधनहरु काठमाडौं फर्कन थालेका हुन् ।

विज्ञापन

नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान करिब १० बजेसम्म करिब २ सय ९० वटा सवारी साधनहरु काठमाडौं फर्किसकेका छन् ।

शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता