विज्ञापन

'तराईमा उच्च वर्षा, सबैभन्दा बढी रौतहटमा २८९ मिलिमिटर मापन'

काठमाडाैं । देशका विभिन्न स्थानमा मनसुनी वर्षा तीव्र बनेको छ। विशेषगरी तराईको रौतहटको महेशपुरमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २८९ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विज्ञापन

तराई क्षेत्रमा तुलनात्मक रूपमा हालसम्म बढी पानी परेको जस अनुसार रौतहटकै गौरमा २५९, वीरगञ्जमा २४७, पर्सामा २३१ र बारामा २२२ मिलिमिटर वर्षा भएको मौसम विभागका तथ्याङ्कले देखाएको छ ।

विज्ञापन

तराईबाहेक मकवानपुरमा १३४, काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर तथा काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा पनि ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ ।

वर्षाको घनत्व बढिरहेकै अवस्थामा बाढी पूर्वानुमान महाशाखाले काभ्रेको रोसी खोला, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीमा जलसतह सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेको जनाएको छ। बागमती र मधेस प्रदेश हुँदै बग्ने अधिकांश नदी, नालामा पनि सतर्कता तह नजिक पुगेकाले जोखिम बढेको विभागले जनाएको छ ।

विभागले अझै केही दिन वर्षा तीव्र रहने अनुमान गर्दै नदी किनार तथा डुबान क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

उपभोक्ता समिति मार्फत हुने योजनाको सम्झौता वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने

अध्यादेशमा विपक्षी ४ दलको ४ बुँदे माग, राष्ट्रपतिलाई दबाब

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

वर्षाका कारण वीपी राजमार्ग पुनः अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडाैंसहित चार प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना

सरकारको खर्चमा विदेश गएर उपचार गर्ने व्यवस्था सर्वोच्चद्वारा खारेज

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी प्रधानमन्त्री कार्यालयले गरायो फिर्ता