एकता नै बल हो, राष्ट्रिय एकताबाटै समृद्ध नेपाल सम्भव छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा मंसिर २९ गते आयोजना गरिएको नेपाली कम्युनिष्ट पार्टी थाहा नगरपालिकाको विस्तारित एकता भेला पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ । विभिन्न कम्युनिस्ट धारामा विभाजित पार्टीहरूको एकीकरण पश्चात् गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीको वृहत् एकता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति […]

पेट्रोल महँगियो, डिजेल र मट्टीतेल सस्तो

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौँ उपत्यकामा पेट्रोलको […]

डलर संचिति साढे ३० खर्ब रुपैयाँ बराबर पुग्यो, २० महिनाको आयात धान्न पुग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थामा विदेशी मुद्रा संचिति २१ अर्ब ५२ करोड डलर रहेको छ । यो संचिति नेपाली रुपैयाँमा ३० खर्ब ५५ अर्ब रुपैयाँ बराबारको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय […]

एमाले महाधिवेशनमा उम्मेदवारी शुल्क ५ देखि १५ हजार

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि उम्मेदवारी शुल्क पाँच हजारदेखि १५ हजार तोकिएको छ। अध्यक्ष पदका लागि एकसय फारम र १५ हजार उम्मेदवारी शुल्क तोकिएको नेता राजेन्द्र गौतमले जानकारी दिए। त्यस्तै उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिव पदमा उम्मेदवारी दिन फारम शुल्क १०० रुपैयाँ र उम्मेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। केन्द्रीय […]

जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा पेन्टिङ प्रदर्शन

काठमाडाैं । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको तस्बिर समेटेर कलाकार रविन्द्र श्रेष्ठले तयार पारेको पेन्टिङहरूको संसद भवन अगाडि विशेष प्रदर्शन गरिएको छ । जेन-जी आन्दोलनसँग जोडिएका घटनालाई पेन्टिङ मार्फत दीर्घकालसम्म स्मरणीय बनाउने उद्देश्यका साथ सार्वजनिक स्थलमा राख्न मिल्ने गरी निर्माण गरिएको पेन्टिङले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको बलिदानलाई सम्मान गर्ने प्रयास गरेको बताइएको छ । […]

‘मेडिकल क्विज’मा काठमाडौं मेडिकल कलेज प्रथम

काठमाडौं । सोसाइटी अफ इटरनल मेडिसिन अफ नेपाल साइमोनको १६औं अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा राजधानीमा आयोजित मेडिकल क्विजमा काडमाडौं मेडिकल कलेज (केएमसी) प्रथम भएको छ । देशभरका निजी तथा सरकारी मेडिकल कजेलका विद्यार्थीहरूबीच भएको हाजिरी जवाफ प्रतियोगितामा केएमसीको मेडिसिनका विद्यार्थी डाक्टर परमेश्वर शाह र गौरव खड्का सहभागी भएका थिए । अन्य सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै शाह […]

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए […]

नेपाली कम्युनिस्ट पार्टीको बागमती प्रदेश स्तरीय एकता सभा तयारीका लागि चन्द्रागिरिमा बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीद्वारा पुस ५ गते आयोजना गर्न लागेको बागमती प्रदेश स्तरीय बृहत् एकता सभाको तयारीका लागि चन्द्रागिरिमा बैठक डाकिएको छ । मुख्यतः साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी लगायत पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, प्रदेश […]