काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीद्वारा पुस ५ गते आयोजना गर्न लागेको बागमती प्रदेश स्तरीय बृहत् एकता सभाको तयारीका लागि चन्द्रागिरिमा बैठक डाकिएको छ ।
मुख्यतः साबिक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी लगायत पछिल्लो समय नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध चन्द्रागिरि नगरपालिकामा बसोबास गर्ने केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग सदस्य, केन्द्रीय सल्लाहकार सदस्य, प्रदेश सदस्य, प्रदेश सल्लाहकार, प्रदेश परिषद् सदस्य, जिल्ला सदस्य, जिल्ला सल्लाहकार तथा नगर कमिटीका सबै वडा र सबै वडा कमिटीका अध्यक्ष, सचिव समेतको सहभागितामा बैठक बस्न लागेको हो ।
बैठकमा पुस ५ गते तय गरिएको बागमती प्रदेश स्तरीय एकता सभाको पूर्व तयारी, पार्टी एकतापछिको स्थानीय संगठन निर्माण, जिम्मेवारी तथा समसामयिक राजनैतिक विषयमा समेत छलफल हुन लागेको साबिक नेकपा (माओवादी केन्द्र) को चन्द्रागिरि नगर कमिटी उपाध्यक्ष तेजमान श्रेष्ठले जानकारी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको एकीकृत बैठक मंसिर २९ गते दिउँसो ३ बजे ह्वाईट दरबार ब्यान्क्वैट, सशस्त्र प्रहरी अस्पताल नजिक, सतुंगलमा बस्न लागेको हो ।