काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोलको मूल्य बढाएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य घटाएको छ ।
विज्ञापन
निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ ।
विज्ञापन
मूल्य समायोजनपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ ।
