विज्ञापन
No data was found

'एकता नै बल हो, राष्ट्रिय एकताबाटै समृद्ध नेपाल सम्भव छ : नारायणकाजी श्रेष्ठ'

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा मंसिर २९ गते आयोजना गरिएको नेपाली कम्युनिष्ट पार्टी थाहा नगरपालिकाको विस्तारित एकता भेला पालुङ जेसीजको सभाहलमा सम्पन्न भएको छ ।

विज्ञापन

विभिन्न कम्युनिस्ट धारामा विभाजित पार्टीहरूको एकीकरण पश्चात् गठन गरिएको नेपाली कम्युनिस्ट पार्टीको वृहत् एकता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एकता नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राष्ट्रिय एकताको आधारमा मात्र देशलाई समृद्धि र समाजवादको दिशामा अघि बढाउन सकिने बताएका छन् ।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टी एकता कुनै पद, शक्ति वा तात्कालिक स्वार्थका लागि नभई देश र जनताको हित, राष्ट्रिय स्वाधीनता र समृद्धिको दीर्घकालीन लक्ष्यका लागि गरिएको स्पष्ट पार्दै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि कुनै पनि प्रकारको खतरा उत्पन्न हुन नदिन सबैभन्दा पहिला राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

थाहाको वृहत् एकता भेलामा नेकपाकी नेता मुनु सिग्देल, नेता रामनारायण बिडारी लगायत नेताहरूले केहि तानाशाही र अधिनायकवादी नेतृत्वका कारण पटकपटक संविधान तथा लोकतन्त्र खतरामा परेको उल्लेख गर्दै २१ औं शताब्दीको जनताको चेतनाको उपहास नगर्न र गर्न नदिन नेपाली कम्युनिस्ट पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

नेकपा थाहा नगरका संयोजक विनोदकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू कुमारी मोक्तान, ललित घलान, विष्णु बिष्ट आदर्श, लवशेर बिष्ट, सानुकाजी गोपाली लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌