विज्ञापन
No data was found

'एमाले महाधिवेशनमा उम्मेदवारी शुल्क ५ देखि १५ हजार'

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि उम्मेदवारी शुल्क पाँच हजारदेखि १५ हजार तोकिएको छ।

विज्ञापन

अध्यक्ष पदका लागि एकसय फारम र १५ हजार उम्मेदवारी शुल्क तोकिएको नेता राजेन्द्र गौतमले जानकारी दिए। त्यस्तै उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिव पदमा उम्मेदवारी दिन फारम शुल्क १०० रुपैयाँ र उम्मेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ।

विज्ञापन

केन्द्रीय सदस्यको हकमा एक सय फारम शुल्क र पाँच हजार उम्मेदवारी शुल्क निर्धारण गरिएको छ। अहिलेसम्म एक हजारभन्दा बढीले उम्मेदवारी दिनका लागि एक सय रुपैयाँका हिसाबले शुल्क तिरेर फारम लिएका छन्।

पदाधिकारीसहित यो महाधिवेशनले ३०१ सदस्यीय कमिटी चयन गर्नेछ। केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएरै प्रतिस्पर्धा गर्ने भएकाले उम्मेदवारको संख्या धेरै हुने देखिएको छ।

दुवै समूहबाट पदाधिकारीहरूको लगभग नाम टुंगो लागि सकेको छ। संस्थापन पक्षमा भने पदाधिकारीको उम्मेदवारको विषयमा केही असन्तुष्टि देखिएको छ। महाधिवेशनमा २ हजार २६३ जना प्रतिनिधि छन्। उनीहरूले नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌