चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि रसिलालाई

ललितपुर । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा बिजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधी रक्षा गरेकी छिन् । तीन पटककी उपाधी बिजेता समेत रहेकी महर्जनले चौथो उपाधी जित्ने क्रमममा आफ्नै क्लबकी शेस्ना सिरपाली माथि जित निकालिन् । पहिलो सेट २०–२२ ले पछाडी परेकी रसिला खेलमा फर्कदै दोश्रो र तेश्रो […]
कांग्रेस विशेष महाधिवेशनको तयारी पूरा, भोलि दिउँसो १ बजे उद्घाटन

काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पनि सकिएको आयोजकले जनाएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिने बताए । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई […]
दशौं कमला कार्की स्मृति दिवस पौष २७ गते आयोजना हुँदै, चन्द्रागिरि क्षेत्रका ५ महिला र एक संस्थालाई विशेष सम्मान गरिने

काठमाडाैं । कमला कार्की स्मृति प्रतिष्ठानको आयोजनामा दशौं “कमला कार्की स्मृति दिवस” मनाइने भएको छ । चन्द्रागिरि नगरपालिकाको शैक्षिक विकासमा अनवरत योगदान पुर्याइरहेका ब्राइट फ्युचर माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष मोहन बहादुर कार्कीले आफ्नी ममतामयी माताको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले पौष २७ गते नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको […]
विशेष महाधिवेशनको पक्षमा नेपाली काङ्ग्रेस वडा नं २ कार्यसमिति, सहभागी हुन अपिल

काठमाडाैं । पुष २७ गते हुने नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा चन्द्रागिरि नगरपालिकाको वडा नं २ कार्यसमितिले खुलेर समर्थन जनाउँदै सहभागिताका लागि अपिल समेत गरेको छ । विशेष महाधिवेशनलाई लिएर नेपाली काङ्ग्रेसभित्र नेता तथा कार्यकर्ता नै विभाजित देखिएको बेला वडा नं २ को कार्यसमितिले परिवर्तनको पक्षमा उभिने र नेपाली काङ्ग्रेसलाई नवीन दृष्टिकोणसहित युवा पुस्ताको […]
थानकोट चन्द्रागिरिका विनोद श्रेष्ठ काठमाडौं क्षेत्र नं १० का लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार :

काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटका स्थायी बासिन्दा विनोद श्रेष्ठलाई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १० का लागि एकल उम्मेदवारमा सर्वसम्मत चयन गरिएको छ । नेकपा एमालेले काठमाडौँका १० वटै क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने क्रममा श्रेष्ठलाई काठमाडौं निर्वाचन क्षेत्र नं १० बाट एकल […]
काठमाडौं शिक्षा क्याम्पसकाे आन्तरिक छात्रवृत्ति परीक्षा– २०८२ को नतिजा सार्वजनिक

काठमाडाैं । जनस्तरबाट सञ्चालित र गुणस्तर सुनिश्चितता प्रत्यायनकृत यस काठमाडौं शिक्षा क्याम्पसले शैक्षिक सत्र २०८२/०८३ मा स्नातक तह– वि.वि.एस.र वि.एड.तर्फ नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको आन्तरिक छात्रवृत्ति परीक्षा– २०८२/०८३ को नतिजा आज (२०८२/०९/२६) सार्वजनिक गरेको छ । क्याम्पसमा नयाँ भर्ना भएका BBS/B. Ed प्रथम वर्षतर्फ गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि लक्षित गरी जम्मा […]
नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै

काठमाडाैं । पब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन गर्दै छ । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकार नेपालयबाट छापिन लागेका हुन् । नेपालयले सन् २०२५ को पहिलो दिन जनवरी १ मा लेख–रचनाका लागि खुला आह्वान गरेको थियो । ‘२०२५ मा २५ का २५’ शीर्षक दिइएको खुला आह्वानमा सोचेभन्दा धेरै लेखरचना […]
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकता परेड हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। ष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त […]