काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ ।
विज्ञापन
आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पनि सकिएको आयोजकले जनाएको छ ।
विज्ञापन
मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिने बताए ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ ।
महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजेदेखि शुरू हुनेछ ।