काठमाडाैं । चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटका स्थायी बासिन्दा विनोद श्रेष्ठलाई नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं १० का लागि एकल उम्मेदवारमा सर्वसम्मत चयन गरिएको छ ।
नेकपा एमालेले काठमाडौँका १० वटै क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने क्रममा श्रेष्ठलाई काठमाडौं निर्वाचन क्षेत्र नं १० बाट एकल उम्मेदवारका रूपमा अगाडि सारिएको हो ।
लामो समयदेखि कम्युनिस्ट आन्दोलनको विभिन्न मोर्चामा रहेर कार्य गरेका श्रेष्ठ,नेकपा एमालेको केन्द्रिय सदस्य तथा मजदुर संगठन जिफन्टको केन्द्रिय अध्यक्षको भूमिकामा समेत रहेर कार्य गर्दै आएका वैचारिक नेताका रूपमा परिचित छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको उम्मेदवारको नाम टुङ्ग्याएको छ । जस अनुसार क्षेत्र नं १ बाट मोहन रेग्मी, २ बाट मणिराम फुँयाल, ३ बाट रामेश्वर फुयाँल, ४ बाट राजन भट्टराई, ५ बाट ईश्वर पोख्रेल, ६ बाट अमन मास्के, ७ बाट प्रकाश श्रेष्ठ, ८ बाट राजेश शाक्य तथा ९ बाट अजयक्रान्ति शाक्यलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको हो ।