विज्ञापन
No data was found

'दशौं कमला कार्की स्मृति दिवस पौष २७ गते आयोजना हुँदै, चन्द्रागिरि क्षेत्रका ५ महिला र एक संस्थालाई विशेष सम्मान गरिने'

काठमाडाैं । कमला कार्की स्मृति प्रतिष्ठानको आयोजनामा दशौं “कमला कार्की स्मृति दिवस” मनाइने भएको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको शैक्षिक विकासमा अनवरत योगदान पुर्याइरहेका ब्राइट फ्युचर माध्यामिक विद्यालयका संस्थापक अध्यक्ष मोहन बहादुर कार्कीले आफ्नी ममतामयी माताको स्मृतिमा स्थापना गरेको प्रतिष्ठानले पौष २७ गते नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको हो ।

विज्ञापन

प्रतिष्ठानले हरेक वर्ष चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने महिला व्यक्तित्वहरूद्वारा राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा विभिन्न विधा अन्तर्गत पुर्याएको, पुर्याइरहेको योगदानको कदर गर्दै ५ जना महिला व्यक्तित्व र महिलाहरूको समग्र अस्तित्वको पक्षमा बहुआयामिक अर्थसहित कार्य गर्दै आएको साथै, महिलाले नै नेतृत्व गरेको एक संस्थालाई नगदसहित सम्मान गर्दै आएको छ ।

विगत एक दशकदेखि महिला सशक्तीकरण, आत्मनिर्भरता र क्षमता विकासको लक्ष्यसहित प्रतिष्ठान मार्फत चन्द्रागिरिका अगुवा महिलाहरूलाई जनही १५ हजार १ रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गर्दै आएको कमला कार्की प्रतिष्ठानले चन्द्रागिरिमा कृयाशील महिलाको क्षेत्रमा कार्य गर्ने एक अग्रणी संस्थालाई प्रोत्साहनस्वरूप १ लाख १ रुपैयाँ तथा प्रमाणपत्र प्रदान गर्दै आएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत