विज्ञापन
No data was found

'चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधि रसिलालाई'

ललितपुर । चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा बिजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधी रक्षा गरेकी छिन् ।
तीन पटककी उपाधी बिजेता समेत रहेकी महर्जनले चौथो उपाधी जित्ने क्रमममा आफ्नै क्लबकी शेस्ना सिरपाली माथि जित निकालिन् । पहिलो सेट २०–२२ ले पछाडी परेकी रसिला खेलमा फर्कदै दोश्रो र तेश्रो सेट २१–१५, २१–९ ले आफ्नो पक्षमा पार्दै जित हात पार्न सफल भएकी हुन् । रसिलाले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । उपबिजेता शेस्नाले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । तेश्रो स्थानमा आर्मीकी रिहाना सेरचन र भोजपुरकी नङ्गशल तामाङ्ग रहे । सेरचन र तामाङ्गले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विज्ञापन

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल तर्फ आर्मीका प्रफुल महर्जनले पहिलो पटक उपाधीमा नाम लेखाए । महर्जनले सप्तरीका बिष्णु कटुवाललाई २१–९, २१–६ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । बिजेताले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपबिजेताले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा आर्मीका बिधान अधिकारी र एपिएफका क्षितिज खनाल रहे । अधिकारी र खनालले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त  गरे ।

विज्ञापन

बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको पुरुष युगल तर्फको प्रतिस्पर्धामा आर्मीका बिधान अधिकारी र पविन लिङ्गथेपको जोडीले जित हात पारे । बिधान र पविनको यो प्रतियोगितामा लगातार चौंथो पटकको जित हो । बिधान र पविनको जोडीले आर्मीका प्रफुल महर्जन र टाईम आउटका रुकेश महर्जनको जोडीलाई २१–२३, २१–१७, २१–१८ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । तेश्रो स्थानमा एपिएफका देवराज राना र प्रनिश सिंह ठकुरीको जोडी तथा तीनचुलीका सुनिल कार्की र महेश खड्काको जोडी रहे । बिजयी खेलाडीहरुले नगद ५० हजार, उपबिजयीले नगद २५ हजार र तेश्रो स्थान प्राप्त गर्नेले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यु १७ महिला एकल तर्फको खेलमा आर्मीकी रिहाना सेरचन बिजय भईन् । सेरचनले फिटनेपाल स्पोर्टस्प्लेक्सकी निभा राईलाई २१–१४, २१–१४ को समान अन्तरले पराजित गरेकी हुन् । यस विधामा एपिएफकी स्वर्लिन श्रेष्ठ र आर्मीकी समृद्धि श्रेष्ठ संयुक्त तेश्रो स्थानमा रहे । यु १७ पुरुष एकल तर्फ आर्मीका सदीप राईले उपाधीमा नाम लेखाए । उनले आफ्नै क्लबका प्रतिक बिष्टलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी चुमेका हुन् । आर्मीका रिजन महर्जन र सौर्य महर्जनले तेश्रो स्थानमा चित्त बुझाए । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २० हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

मास्टर युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङ्गको जोडीले युनिटी ब्याडमिन्टन क्लका आङ्गकुसाङ्ग शेर्पा र लाक्पा शेर्पाको जोडीलाई १७–२१, २१–१७, २२–२० को कठिन जित निकाल्दै मास्टरको उपाधी जिते । बालकुमारी रिमिक्सका शान्ता डङ्गोल र ज्ञानु कुमालको जोडी तथा कोटेश्वरका अच्युत बस्नेत र महेश भट्टराईको जोडी संयुक्त तेश्रो भए । बिजेताहरुले क्रमश नगद नगद ३० हजार, १५ हजार र ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुष एकल र महिला एकल खुला, शिर्ष २० बरियता बाहेकको पुरुष युगल, यु–१७ पुरुष तथा महिला एकल खुला, ४५ बर्ष माथिको मास्टर युगल खुला गरि ६ विधामा करिव २ सय २६ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

४ लाख २५ हजार पुरस्कार रासी रहेको प्रतियोगिताको अनुमानित लागत ३२ लाख २० हजार ५ सय रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत