काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। ष २७ गते बिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्त परेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्त रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।
परेडमा सहभागी हुने सबैले आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने गरी सहभागिता जनाउन आग्रह गरिएको छ। विध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व हुने यो एकता परेडले नेपाली समाजको बहुसांस्कृतिक स्वरूप र राष्ट्रिय ऐक्यबद्धतालाई सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने क्रममा काठमाडौँ मात्र नभई देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछन्। साे अवसरमा सांस्कृतिक कार्यक्रम, दिव्योपदेश वितरण एवं वाचन तथा विविध रचनात्मक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ।
पृथ्वी नारायण शाहले निर्माण गरेको एकीकृत नेपालको भावना, राष्ट्रिय स्वाभिमान र बलिदानको सम्मानलाई केन्द्रमा राखेर परेड आयोजना गरिएको हो। सले नयाँ पुस्तामा राष्ट्रिय चेतना अभिवृद्धि गर्नुका साथै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।
एकता परेडको स्वयंसेवकको रूपमा जेन्जी मुभमेन्ट नेपालले भूमिका निर्वाह गर्नेछ। वक्ता विजय शाहका अनुसार नेपालको सबैभन्दा ठूलो दिन भनेकै पौष २७ गते हो, विभिन्न दल समूह वा समुदायका नाममा विभाजित भएपनि सबैजना एक ठाउँमा आएर एकताको सन्देश दिन जरुरी छ।