विज्ञापन
No data was found

'काठमाडौं शिक्षा क्याम्पसकाे आन्तरिक छात्रवृत्ति परीक्षा– २०८२ को नतिजा सार्वजनिक'

काठमाडाैं । जनस्तरबाट सञ्चालित र गुणस्तर सुनिश्चितता प्रत्यायनकृत यस काठमाडौं शिक्षा क्याम्पसले शैक्षिक सत्र २०८२/०८३ मा स्नातक तह– वि.वि.एस.र वि.एड.तर्फ नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि सञ्चालन गरिएको आन्तरिक छात्रवृत्ति परीक्षा– २०८२/०८३ को नतिजा आज (२०८२/०९/२६) सार्वजनिक गरेको छ ।

विज्ञापन

क्याम्पसमा नयाँ भर्ना भएका BBS/B. Ed प्रथम वर्षतर्फ गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि लक्षित गरी जम्मा ५० वटा वस्तुगत प्रश्नहरु समावेश गरी सञ्चालन गरिएकोे ५० पूर्णाङ्कको लिखित परीक्षामा आवेदित वि.एड. तर्फ ३१ जना र विविएस. तर्फ ३० जना गरी जम्मा ६१ जना विद्यार्थीहरु सहभागी भएको क्याम्पसलृे जनाएको छ । छात्रवृत्ति परीक्षामा सहभागीहरुले परीक्षामा प्राप्त गरेको कुल प्राप्ताङ्कका आधारमा पूर्ण छात्रवृत्ति सहित आंशिक छात्रवृत्ति प्रदान गरिएको कुरा छात्रवृत्ति सिफारिस समितिका सदस्य तथा सहायक क्याम्पस प्रमुख श्री वसन्त कुमार बरालले बताउनु भयो। यसै गरी, छात्रवृति समितिका सदस्य श्री किसन आले मगरका अनुसार यो छात्रवृत्ति कार्यक्रम आर्थिक अवस्था कमजोर भए पनि शैक्षिक क्षमतामा सक्षम विद्यार्थीलाई उच्च शिक्षामा निरन्तरता तथा विशिष्टताका लागि प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।

विज्ञापन

प्रकाशित नतिजाअनुसार द्यद्यक् तर्फ कुल ३० जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् । जस मध्ये उच्चतम ४२ अङ्क प्राप्त गर्दै अञ्जली भण्डारी प्रथम स्थानमा रहँदा रु. २२,००० छात्रवृत्ति प्राप्त गर्न सफल भएकी छिन् । यसै गरी दोस्रो र तेस्रोदेखि दशौँ स्थानसम्म समान अङ्क प्राप्त गर्ने धेरै विद्यार्थीहरूलाई समान श्रेणीमा राखी न्यायोचित रूपमा छात्रवृत्ति वितरण गरिएको छ । द्य।भ्म. तर्फ पनि ३१ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् । शीर्ष स्थानमा समान २७ अंक ल्याउने दुई जना छात्रछात्रा क्रमशः विवश गुरुङ र तुलसीदेवी श्रेष्ठलाई जनही रु. २२,००० (अक्षरेपि रु. बाइस हजार मात्र) छात्रवृत्ति प्रदान गरिएको छ । समान अङ्क प्राप्त गर्न सफल भएका छात्रछात्रालाई समान स्थान र समान छात्रवृत्ति प्रदान गर्ने नीति क्याम्पसले अख्तियार गरेको कुरा छात्रवृत्ति समितका सदस्य श्री सुरज कुमार विष्टले बताउनु भयो । न्यूनतम अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि आंशिक छात्रवृत्तिमा समेटिएको छ जसले छात्रवृत्तिलाई केवल ‘प्रतिस्पर्धात्मक पुरस्कार’ मात्र नभई सामाजिक संरक्षणमा ठुलोसहयोग पुग्ने आशा गरिएको छ ।

दीर्घकालीन रूपमा छात्रवृत्ति योजनालाई निरन्तरता दिन आर्थिक स्रोतको दिगोपन र बाह्य सहयोग अपरिहार्य रहेको कुरा क्यामपस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले बताउनु भयो । साथै उहाँले क्याम्पसले प्रदान गरेको यो छात्रवृत्ति योजना प्रथम वर्षका लागि मात्र मान्य हुने र दोस्रो वर्षदेखि छात्रवृत्ति निरन्तरताका लागि विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको अन्तिम परीक्षामा अनिवार्य रुपले उत्तीर्ण गर्नुपर्ने व्यवस्था रहेको कुरा समेत बताउनु भयो ।

त्रिभुवन विश्वविद्यालयको परीक्षामा उत्तीर्ण हुने अन्य विद्यार्थीहरुलाई समेत यस वर्षदेखि रु. ३,००० छात्रवृत्ति प्रदान गरिने थप छात्रवृत्ति योजना क्याम्पसले सार्वजनिक गरेको छ । “मेहनत नै सफलताको आधार हो’’ यो छात्रवृत्ति योजना विद्यार्थीको आत्मबल बढाउन र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्न सञ्चालन गरिएको क्याम्पसले जनाएको छ । थप सहयोग तथा छात्रवृत्ति आवश्यक परेका गरिब, दलित, जनजाति, महिला, आर्थिक रुपले विपन्न तथा पिछडिएका वर्ग, समुदाय तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि विश्वविद्यालय अनुदान आयोग, बागमती प्रदेश सरकार तथा चन्द्रागिरि नगरपालिका लगायत अन्य निकायबाट प्रदान गरिने उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन दिन सक्ने र उक्त कार्यमा क्याम्पसले सहजीकरण गर्ने आवश्यक व्यवस्था मिलाइएको समेत क्याम्पसले जनाएको छ ।

Scxholarship bbs 2082 final copy

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत