काठमाडाैं । पुष २७ गते हुने नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा चन्द्रागिरि नगरपालिकाको वडा नं २ कार्यसमितिले खुलेर समर्थन जनाउँदै सहभागिताका लागि अपिल समेत गरेको छ ।
विशेष महाधिवेशनलाई लिएर नेपाली काङ्ग्रेसभित्र नेता तथा कार्यकर्ता नै विभाजित देखिएको बेला वडा नं २ को कार्यसमितिले परिवर्तनको पक्षमा उभिने र नेपाली काङ्ग्रेसलाई नवीन दृष्टिकोणसहित युवा पुस्ताको उर्जासहित अगाडि बढाउन आफुहरूले संस्थागत निर्णय गरेरै विशेष महाधिवेशनको पक्षमा उभिन आव्हान गरेको वडा नं का कार्यवाहक सभापति किरण पोख्रेलले जानकारी दिएका छन् ।
नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन पौष २७ गते भृकुटीमण्डपमा आयोजना हुँदैछ । उक्त विशेष महाधिवेशनमा सहभागि हुन बिहान १० बजे नागढुङ्गाबाट बसकाे व्यवस्था समेत गरिएको वडा नं २ को कार्यसमितिले जनाएको छ ।
त्यस्तै, विशेष महाधिवेशनप्रति नेपाली काङ्ग्रेस दक्षिणकाली नगर कार्यसमिति अन्तर्गत वडा सभापतिहरूले पूर्ण ऐक्यवद्धता प्रकट गरेका छन् ।