विज्ञापन
No data was found

'स्थानीय शासनको कुशल नेतृत्व पश्चात् केन्द्रीय राजनीतिको यात्रामा निस्केका एक विकास सेवक : को हुन् लवशेर विष्ट ?'

स्थानीय शासनको कुशल नेतृत्व पश्चात् केन्द्रीय राजनीतिको यात्रामा निस्किएका लवशेर विष्ट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रतिबद्ध, निष्ठावान र अनुभवी नेता हुन् ।

विज्ञापन

मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा मैदानमा उत्रिएका विष्ट थाहा नगरपालिकाका संस्थापक मेयरसमेत हुन्, जहाँ उनले पाँच वर्षे कार्यकालमा विकास, सुशासन र जनमुखी सेवाको अभ्यासमार्फत अलग पहिचान बनाएका थिए ।

विज्ञापन

वि.सं. २०२८ साल जेठ १५ गते मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, घर्तीखोलामा जन्मिएका विष्ट बाल्यकालदेखि नै गाउँ–समुदायको जीवनशैली, संघर्ष र सामाजिक एकताको महत्व नजिकबाट अनुभूति गर्दै स्थानीय समाज र संस्कृतिसँग गहिरो रूपमा जोडिएका पात्र हुन् । यही अनुभवले उनलाई जनताको वास्तविक समस्या बुझ्ने र समाधानतर्फ अग्रसर हुने नेताका रूपमा विकास गरेको देखिन्छ ।

थाहा नगरपालिकाको मेयर रहँदा उनले रूपचन्द्र विष्टको दर्शनलाई आत्मसात् गर्दै ‘थाहा शैली’ को विकास अवधारणालाई संस्थागत गर्न प्रयास गरेका थिए भने विकास निर्माण, सेवा प्रवाह र पारदर्शितामा देखाएको कार्यशैलीका कारण उनी मकवानपुरको राजनीतिमा निष्ठावान र ‘बेदाग’ छवि भएका नेताका रूपमा समेत परिचित छन् ।

 

थाहा नगरपालिकाको मेयर रहँदा उनले रूपचन्द्र विष्टको दर्शनलाई आत्मसात् गर्दै ‘थाहा शैली’ को विकास अवधारणालाई संस्थागत गर्न प्रयास गरेका थिए भने विकास निर्माण, सेवा प्रवाह र पारदर्शितामा देखाएको कार्यशैलीका कारण उनी मकवानपुरको राजनीतिमा निष्ठावान र ‘बेदाग’ छवि भएका नेताका रूपमा समेत परिचित छन् ।

 

राजनीतिसँगै निर्माण व्यवसाय तथा विभिन्न संघ–संस्थामा सक्रिय रहँदै आएका विष्ट मकवानपुरको उत्तरी क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व मानिन्छन्। विपन्न वर्ग, ग्रामीण समुदाय र स्थानीय विकासका मुद्दा उनका विशेष प्राथमिकता रहेका छन्। शैक्षिक रूपमा उनले रत्न राज्य क्याम्पसबाट आई.ए. तहसम्म अध्ययन गरेका छन् । सामाजिक विज्ञान, इतिहास र राजनीति विषयको गहिरो ज्ञान र अनुभवले विष्टलाई जनमुखी उत्तरदायित्वतिर आकर्षित गरेको देखिन्छ ।

विष्ट पार्टीको नीति तथा सिद्धान्तअनुसार जनताको हक–अधिकार, सुशासन र सामाजिक न्यायको पक्षमा निरन्तर सक्रिय एवम् जनजीविका, रोजगारी, विकास र सुशासनप्रति स्पस्ट दृष्टिकोणसहित राजनीतिमा आएका प्रखर, परिपक्व र वैचारिक नेता हुन् ।

 

विष्ट पार्टीको नीति तथा सिद्धान्तअनुसार जनताको हक–अधिकार, सुशासन र सामाजिक न्यायको पक्षमा निरन्तर सक्रिय एवम् जनजीविका, रोजगारी, विकास र सुशासनप्रति स्पस्ट दृष्टिकोणसहित राजनीतिमा आएका प्रखर, परिपक्व र वैचारिक नेता हुन् ।

 

स्थानीय शासनको नेतृत्व गर्दै थाहा नगरपालिकाको मेयर रहँदा देखाएको कार्यशैलीका कारण आज पनि मकवानपुर जिल्लामा उनको चर्चा हुने गरेको छ । साथै, जेन–जी पुस्ताको भावना र चाहनालाई वास्तविक अर्थमा प्रतिनिधित्व गर्ने तथा आम नागरिकप्रतिको जिम्मेवारीलाई निष्ठा र इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै लवशेर विष्ट अहिले पुनः संसदीय यात्रातर्फ अग्रसर भएका छन् ।

मकवानपुर क्षेत्र नं २ मा राजनीतिक दलका १६ र स्वतन्त्र ५ गरि कुल २१ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५६ हजार ८ सय ९९ जना मतदाता रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

केपी ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश