विज्ञापन
No data was found

'नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक'

काठमाडौं । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो ।

विज्ञापन

ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

विज्ञापन

लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । किशोर उमेरमै जासुसी उपन्यास लेखेर प्रकाशकलाई बुझाएको तर नछापिएको कथा सुनाउँदै ढकालले आफ्नो पठन यात्राका प्रारम्भिक दिन स्मरण गरे, ‘त्यसपछि मैले संसारका प्रसिद्ध लेखक खोज्दै पागलझैँ पढ्न र पढिरहन थालेँ । मेरो यस्तो लत अझै उस्तै छ ।’

बसमाशौचालयमाकलेजमाघरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए । जीवनमा आफू विभिन्न विधा र आन्दोलनमा छरिएको स्मरण गर्दै उनले भने, ‘घरी झोछेँका गल्लीहरुमा शिवधुवाँको कुइरीमण्डलमा जीवनको सपना खोज्न थालियोघरी प्रतिबन्धित कम्युनिस्ट पार्टीको कार्यकर्ता भइयो ।’

विद्यार्थी आन्दोलनशिक्षक आन्दोलनजेल यात्रापत्रकारितासांसदहङ्ग्री जेनरेसनयस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए ।

 ढकाल साहित्यलाई कोरा भावुकताको रुपमा मात्र नहेरी राजनीतिइतिहासअर्थशास्त्रसमाजप्रतिको प्रश्न र प्रतिबद्धताका रुपमा अथ्र्याउँछन् । ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासलाई ढकालले विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्यको संज्ञा दिए ।

 नारायण ढकालको पाण्डुलिपिले आफ्नो दिमाग खराब र मन सफा गरेकाले उपन्यास प्रकाशन गरेको नेपालयका सम्पादक विमल आचार्यले बताए । ‘आफूप्रति हदैसम्म निर्मम र आफ्नो लेखनप्रति हदैसम्म विश्वास भएका लेखक नारायण ढकालभित्र पटक–पटक परिष्कार गर्ने हुटहुटी र आलोचना सुन्ने लोकतान्त्रिक संस्कार प्रचुर पाएँ,’ उनले भने, ‘जगज्जननी उसकी आमाको नाम होइन नेपाली उपन्यासको इतिहासमा बिर्सन सकिने नाम होइन ।’

 २०३० सालमा पहिलो कथा प्रकाशन भएको मितिले ढकालको साहित्यिक यात्रा ५२ वर्ष कटेको छ । ढकालका छ उपन्याससात कथा संग्रहतीन निबन्ध संग्रहदुई बालकथा संग्रहएक कविता संग्रह प्रकाशित छन् ।

दुई सय ८६ पृष्ठको पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ रहेको छ । 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई

नेपाल पत्रकार महासङ्घले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

प्रधानमन्त्रीको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

एपेक नेपालको २७ औं वार्षिकोत्सवका अवसरमा “विश्वज्योति काव्य सम्मान” एवं “विश्वज्योति पाण्डुलिपि पुरस्कार” प्रदान गरिंदै

कराँते महासङ्घद्वारा चैत २८ गते कीर्तिपुरमा राष्ट्रिय रेफ्री सेमिनारकाे आयोजना गर्दै

थानकाेटमा चुनदेवी बचत तथा ऋण सहकारी संस्थाको समन्वय तथा मिराकल हेल्थ केयरको आयोजनामा स्वास्थ्य शिविर हुँदै

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

केपी ओली र रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न आदेश