विज्ञापन
No data was found

'कालीमाटी बजारमा आज कुन वस्तुको मूल्य कति ? हेर्नुहोस् विवरण'

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

विज्ञापन

समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य रू ६५ र अधिकतम रू ७५ तोकिएको छ भने लोकल सानो गोलभेडा र भारतीय सानो गोलभेडा दुवै न्यूनतम रू २० देखि अधिकतम रू ३० सम्ममा कारोबार भइरहेको छ।तराईको सानो गोलभेडाको मूल्य रू ३५ देखि रू ४० सम्म कायम गरिएको छ।

विज्ञापन

त्यसैगरी, रातो आलु न्यूनतम रू १५ र अधिकतम रू २० तथा भारतीय रातो आलु रू २० देखि रू २२ सम्म पर्ने जनाएको छ। यस्तै, सुकेको भारतीय प्याजको मूल्य रू ३४ देखि रू ३६ सम्म तोकिएको छ।

तरकारीतर्फ लोकल गाजर रू २० देखि रू ३० र तराईको गाजर रू १५ देखि रू २० मा पाइनेछ। लोकल बन्दा र नरिवल बन्दाको मूल्य क्रमशः रू २०-३० र रू २०-२५ बीच रहेको छ।

समितिका अनुसार, स्थानीय काउली रू ५० देखि रू ६० सम्ममा पाइन्छ भने ज्यापु काउलीको मूल्य केही बढी अर्थात् रू ६० देखि रू ८० सम्म तोकिएको छ। यस्तै, तराईको काउली रू ४० देखि रू ५० मा उपलब्ध हुनेछ। लोकल सेतो मूला रू १५-२० र हाइब्रीड सेतो मूला रू २०-३० मा किनबेच भइरहेको छ। लाम्चो भन्टा रू ५०-६० र डल्लो भन्टा रू ६०-७० मा कारोबार भइरहँदा तने बोडीको मूल्य रू ७० देखि रू ८० सम्म पुगेको छ।

त्यसैगरी, मटरकोशा रू ६०-७०, लोकल घिउ सिमी रू ७०-९०, हाइब्रीड घिउ सिमी रू ५०-७० र राजमा सिमी रू ८०-१०० सम्ममा विक्री भइरहेको छ।

काक्रोको मूल्य हेर्दा लोकल काक्रो रू २०-३० र हाइब्रीड काक्रो रू १५-२० तोकिएको छ। टाटे सिमी रू ७५-८५, तितो करेला रू १३०-१४० र लौका रू ५०-७० मा उपलब्ध छ। तराईको परवर र घिरौला दुवैको मूल्य रू ८० देखि रू ९० सम्म रहेको छ।

समितिले पाकेको फर्सी रू ५०-६०, हरियो लाम्चो फर्सी रू २५-३५ र डल्लो हरियो फर्सी रू १५-२० मूल्य तोकेको छ। भिण्डी रू १००-११०, सखरखण्ड रू ६०-७०, बरेला रू ६०-७०, पिंडालू रू ५०-६० र स्कूस रू ४०-५० मा विक्री भइरहेको छ।

रायो साग रू ४०-६०, पालूगो साग रू ७०-८०, चमसूरको साग रू ८०-९०, तोरीको साग रू ५०-६०, मेथीको साग रू ८०-९०, र हरियो प्याज रू ८०-९० तोकिएको छ। त्यसैगरी, बकूला रू ४०-५० र तरुल रू ७०-८० मा पाइनेछ।

कन्य च्याउ रू ११०-१३०, डल्ले च्याउ रू ३००-३५०, राजा च्याउ रू २८०-३०० र महँगो मानिने सिताके च्याउ रू ८०० देखि रू १००० सम्ममा कारोबार भइरहेको छ। यस्तै, कुरीलो रू ४००-५००, न्यूरो रू ७०-८०, ब्रोकाउली रू ६०-८० र चुकुन्दर रू ५०-६० मा उपलब्ध छ।

सजिवन रू १२०-१४०, कोइरालो रू २००-२५०, जिरीको साग रू ६०-७०, ग्याठ कोबी रू ५०-६०, सेलरी रू १००-१२०, पार्सले रू १५०-२००, सौफको साग रू ८०-९०, र पुदीना रू १००-१२० तोकिएको छ। साथै, इमली रू १७०-१८०, तामा रू ११०-१३०, तोफु रू १३०-१५० र गुन्दुक रू ३०० देखि रू ३३० सम्ममा विक्री भइरहेको छ।

फलफूलतर्फ, झोले स्याउ रू २००-२५० र फूजी स्याउ रू २५०-३०० तोकिएको छ। केरा प्रति दर्जन रू २००-२२०, कागती केजीको रू २१०-२३० र अनार रू ३००-३५० मा पाइनेछ। हरियो अंगुर रू २००-२२० र कालो अंगुर रू ३३०-३५० कायम गरिएको छ। भारतीय सुन्तला रू १३०-१५०, तरबुजा रू ४०-५०, भुई कटहर प्रति गोटा रू १५०-१६० र रुख कटहर रू ९०-१०० मा कारोबार भइरहेको छ। निबुवा रू ७०-८०, चाइनिज नासपाती रू २२०-२५०, नेपाली मेवा रू ६०-७० र भारतीय मेवा रू ९०-११० तोकिएको छ। यस्तै, किनु रू ११०-१३०, स्ट्रबेरी रू २५०-३००, किवि रू ३००-४०० र अमला रू १७०-१८० मा उपलब्ध छ।

अदुवा रू ८०-१००, सुकेको खुर्सानी रू ३८०-४२०, हरियो खुर्सानी रू ६०-८० र अकबरे खुर्सानी रू ७०० देखि रू ८०० सम्म पर्नेछ। भेडे खुर्सानी रू १२०-१३०, हरियो लसुन रू ७०-८० र हरियो धनिया रू ७०-९० तोकिएको छ। चाइनिज सुकेको लसुन रू २२०-२४० र नेपाली सुकेको लसुन रू १७०-१८० सम्ममा कारोबार भइरहेको समितिले जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत

गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जनासहित १६ जना पक्राउ

काठमाडौं शिक्षा क्याम्पसका अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै