विज्ञापन
No data was found

'प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने उर्जा मन्त्रालयको निर्णयको “नेपाल बायो ब्याग उत्पादक संघ”द्वारा स्वागत'

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चैत्र १७ गतेदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको विषयमा “नेपाल बायो ब्याग उत्पादक संघ”ले स्वागत गरेको छ ।

विज्ञापन

वातावरण मैत्री बायो ब्याग उत्पादन गर्दै आएको नेपालका बायो ब्याग उद्यमीहरूको छाता संगठन “नेपाल बायो ब्याग उत्पादक संघ”ले नेपाल सरकारको उर्जा मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धनको उद्देश्यलाई व्यवहारमा उतार्नेगरि गरेको प्लास्टिक प्रतिबन्धको निर्णयलाई “ऐतिहासिक कदम” भन्दै स्वागत गरेको हो ।

विज्ञापन

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले हाल विश्वको वातावरणमा भयावह असर पारिरहेको अवस्थामा वैकल्पिक वातावरणमैत्री सामग्रीलाई प्रोत्साहन गर्ने नीतिलाई आत्मसात गर्दै सरकारले गरेको निर्णयले पर्यावरण संरक्षण तथा मानव स्वास्थ्यको क्षेत्रमा दीर्घकालीन महत्व राख्ने नेपाल बायो ब्याग उत्पादक संघका पदाधिकारी तथा चन्द्रागिरिमा उपत्यकाकै पहिलो बायो ब्याग उत्पादन गरिरहेका ईजि ब्यागका सञ्चालक प्रशन्न गोपालीले बताएका छन् ।

उर्जा मन्त्रालयले गरेको प्लास्टिकजन्य सामाग्री माथिको प्रतिबन्ध कार्यान्वयनमा जटिलता देखिएपनि यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहेको वातावरणविद्हरूले जनाएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जनासहित १६ जना पक्राउ

कालीमाटी बजारमा आज कुन वस्तुको मूल्य कति ? हेर्नुहोस् विवरण

काठमाडौं शिक्षा क्याम्पसका अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो ६३ उपसचिव (सूचीसहित)

राष्ट्रपतिद्वारा चैत्र १९ गते संसदको दुवै सदनको अधिवेशन आव्हान

रमेश लेखकलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

अर्थ मन्त्रालयले गर्‍यो ३० उपसचिव सरुवा

राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “चन्द्रागिरि नगरस्तरीय कार्यक्रम” हुँदै