काठमाडाैं । काठमाडौं शिक्षा क्याम्पसमा अध्यापन गर्दै आएकी अध्यापक रञ्जु दवाडीको सम्झनामा श्रद्धाञ्जलि सभा गरिएको छ ।
विज्ञापन
चन्द्रागिरि नगरपालिका वडा नं १० मा रहेको काठमाडौं शिक्षा क्याम्पसले आयोजना गरेको श्रद्धाञ्जलि सभामा क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले स्वर्गीय दवाडीको शैक्षिक योगदानको चर्चा गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना प्रकट गरेका थिए ।
विज्ञापन
काठमाडौं शिक्षा क्याम्पसमा लामो समयदेखि अध्यापन गर्दै आएकी रञ्जु दवाडीको चैत्र १६ गते भएको असामयिक निधनप्रति क्याम्पसले आज शोक सभा गरि विदा समेत दिएको छ ।
शोक सभामा वडा नं १० का वडाध्यक्ष शिवकुमार महर्जन, क्याम्पसका शिक्षक, विद्यार्थी, संचालक समिति सदस्य लगायतको सहभागिता रहेको थियो ।