विज्ञापन
No data was found

'थानकोटदेखि त्रिभुवन विमानस्थलसम्म रात्रिकालिन बस सेवा सञ्चालन हुँदै'

काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ ।

विज्ञापन

साझा यातायातसँगको सहकार्यमा नयाँ वर्ष २०८३ वैशाख १ गतेबाट सुरु गरिने यो सेवा प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसमार्फत सञ्चालन गरिने भएको हो ।

विज्ञापन

महानगरले लगनखेल–बुढानीलकण्ठ र थानकोट–अन्तर्राष्ट्रिय विमानस्थल गरी दुई प्रमुख करिडोरमा बस सञ्चालन गर्ने योजना बनाएको छ । लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति, टिचिङ् र गंगालाल हुँदै बुढानीलकण्ठसम्मको करिब १६ किलोमिटर रुट तय गरिएको छ ।

त्यस्तै, थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै विमानस्थलसम्म करिब २० किलोमिटर रुट निर्धारण गरेको छ ।

रात्रीकालिन यातायात सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गरिनेछ भने प्रत्येक २० मिनेटमा बस उपलब्ध हुनेछ । यात्रुको सुरक्षालाई ध्यानमा राख्दै सबै बसमा सीसी क्यामरा जडान गरिने र नगर प्रहरीसमेत खटाइने बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारी विज्ञापन अबदेखि निजी मिडियाले नपाउने सरकारको निर्णय

रास्वपाका सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

एसइई परीक्षा आजदेखि सुरु

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध