विज्ञापन
No data was found

'सरकारी विज्ञापन अबदेखि निजी मिडियाले नपाउने सरकारको निर्णय'

काठमाडाैं । अबदेखि सरकारी विज्ञापन निजी मिडियाले नपाउने भएको छ ।

विज्ञापन

सरकारले गरेको निर्णय अनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्न
सरकारी निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरू अबदेखि सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमबाट मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्ने भएको हो ।

विज्ञापन

चैत्र १८ गते गरिएको ३ बुँदे निर्णय अन्तर्गत सार्वजनिक निकायबाट सार्वजनिक खरिद लगायतका सूचनाहरू सञ्चार माध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सो मातहतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरूले आफ्ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारणको व्यवस्था गर्ने जनाएको हो ।

साथै, उल्लिखित प्रक्रियाबाट प्रकाशन तथा प्रसारण भएका कार्यका लागि भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने गरी प्रबन्ध मिलाइएको र यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट (Discount) रकमको विषय सम्बन्धित सञ्चार माध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्ने समेत बताइएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोटदेखि त्रिभुवन विमानस्थलसम्म रात्रिकालिन बस सेवा सञ्चालन हुँदै

रास्वपाका सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति पाएकाहरलाई राजीनामा दिन आग्रह

आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै

एसइई परीक्षा आजदेखि सुरु

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापालाई

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

नापी र मालपोतमा ‘बिचौलिया’ प्रवेश निषेध